Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विप्लवसहित तीन पार्टीद्धारा चुनावी विरोधका कार्यक्रम सार्वजनिक

काठमाडौं । तीन कम्युनिष्ट क्रान्तिकारी पार्टीहरुले मंसिरमा हुने निर्वाचन बहिस्कार गर्न आन्दोलनको घोषणा गरेका छन् ।

राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कात्तिक २४ गतेदेखि चुनाव बहिस्कार आन्दोलनको सुरुवात गर्ने जानकारी दिइएको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई शसक्त रुपमा बहिस्कार गर्न खारेजीको आन्दोलनको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलन गर्दै विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वैज्ञानिक समाजवादीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा अध्यक्ष कट्टेलले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

राजनीतिक सभाको रुपमा काठमाडौंमा २४ गते, बुटवल र इटहरीमा २६ गते र पोखरामा २८ गते र सुर्खेत र धनगढीमा ३० गते कार्यक्रम राखेका छन् ।

यस्तै विरोध प्रदर्शन र कोणसभा कार्तिक २६ गतेदेखि २० गतेसम्म राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077