Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिहारमा ३७ करोड बराबरको सुनका सिक्का बिक्री

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार विभागले तिहारका तीन दिनमा मात्र ३७ करोड ५६ लाख रुपैयाँ बराबरको सुन र चाँदीका सिक्का बिक्री गरेको छ ।

सो अवधिमा ७ हजार ६ सय १३ सुनका सिक्का असर्फी र ८ हजार ४ सय १३ चाँदीका सिक्का बिक्री भएको हो ।

सो अवधिमा रकमका आधारमा ३६ करोड १० लाख ८२ हजार ६ सय १० रुपैयाँ बराबरका सुनका सिक्का र १ करोड ४५ लाख ६६ हजार ३ सय २० रुपैयाँ बराबरको चाँदीका सिक्का बिक्री भएका छन् ।

राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट वर्षभर सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको छ । राष्ट्र बैंकले प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एकरएक थान असर्फी बिक्री गरेको थियो ।

सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077