Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शन, बालबालिकासहित १० जनाको मृत्यु

एजेन्सी । इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाब विरोधी प्रदर्शनका क्रममा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ ।

इरानको सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य भवनबाट इरानी सुरक्षाकर्मीहरूले प्रदर्शनकारीमाथि गोली प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो ।

यसैबीच, प्रदर्शनकारीहरूले सरकारी गाडीमा आगजनी गर्नुका साथै केही सरकारी भवन तोडफोड गरेका छन् । स्थिती नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले दर्जनौ सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गर्दा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् ।

राजधानी तेहरानमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भइरहेका बेला इरानमा थप हिंसात्मक घटनाहरू हुन थालेका छन् ।

इरानी सरकारी सञ्चारमाध्यम र अधिकारवादी समूहका अनुसार खाशलगायत दक्षिणपूर्वी इरानका विभिन्न सहरमा शुक्रबार अधिकारीहरूविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077