Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानका मेयर साम्पाङले भने - चुनाव जित्‍नेले कार्यभार सम्हाल्नु, हार्नेहरू ढुंगा बोक्न धरान आउनु

काठमाडौं । धरान उपमहानगपालिकाका मेयर हर्क साम्पाङले ४ मंसिरमा हुने चुनाव जित्न नसक्नेहरूलाई ढुंगा बोक्न निमन्त्रणा गरेका छन्।

सामाजिक सञ्जालमा उनले देश निर्माण कार्य धेरै बाँकी रहेकाले श्रम गर्न लाज मान्न नहुने पनि बताएका छन्।

उनले लेखेका छन्, 'चुनावमा जित्ने जतिले आफ्नो कार्यभार सम्हाल्नु ! जित्न नसक्नेहरू चाहिँ सबै ढुङ्गा बोक्न आउनु ! देशमा निर्माण कार्य धेरै बाँकी छ ! श्रम गरौँ नत्र शरम गर्नुपर्ने दिन आउँछ।'

४ मंसिरको चुनावका लागि राजनीतिक दलहरू र उम्मेदवार अहिले मतदाता रिझाउन र भोट माग्‍नमा व्‍यस्त छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077