Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : पहाडी भेगमा हल्का वर्षाको सम्भावना

काठमाडौं । देशका केही भागमा आज हल्का वर्षाको सम्भावना रहको छ भने दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यसैबीच आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको मौसमविद्ले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077