Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरि ह्वाइट हाउसका लागि प्रतिस्पर्धा गर्न सक्छु : डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षित अमेरिका बनाउन फेरि चुनाव लड्न सक्ने बताएका छन् ।

ट्रम्पले आइओबामा आफ्ना समर्थकहरूको भिडलाई आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिय चुनाव लड्ने धेरै सम्भावना रहेको खुलासा गरेका हुन् ।

आगामी साता हुने मद्यावधि चुनावका लागि रिपब्लिकन उमेदवारहरूको प्रचारप्रसार अभियानको क्रममा पाँच दिनमा आयोजना हुने चारवटा र्‍यालीको पहिलो दिन उनले आफ्नो योजनाबारे यस्तो अभिव्यक्ति दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि मत माग्दै पूरै अमेरिकाको यात्रामा छन् । तर आगामी मंगलबार हुने चुनावको मतपत्रमा ट्रम्प र बाइडेन दुवै छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077