गोरखा । राष्ट्रिय प्रजातान्त्रिक पार्टीका गोरखा–२ प्रदेश सभा ‘क’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।
देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् ।
उनले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउन आफू लागिपर्ने समेत बताएका छन् ।