Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नक्सा फेरियो, दुःख फेरिएन

बैतडी । चुनावमा मत हाल्न सिङ्गो वडाको मतदाता नामावली बैतडीमै छ। भूगोलको नक्सा पनि बैतडीमै पर्छ तर जग्गाको कर तिर्न र अंशबन्डा गर्न डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को सिफारिस लिएर डडेल्धुरा धाउनुपर्छ। मतका लागि नक्सा फेरिए पनि भूगोलको दुःख अहिलेसम्म फेरिन सकेको छैन ।

२०४७ सालपछि बनेका गाविस र २०७४ सालमा भएको स्थानीय तहको पुनर्संरचनापछि हरेक निर्वाचनमा मत माग्न आउने नेताले मालपोत कर तिर्न बैतडीमै व्यवस्था मिलाइदिने प्रतिबद्धता गरे पनि चुनाव सकिएपछि नेताले वाचा बिर्सने गरेका छन्।

बैतडीको तल्लोस्वराड क्षेत्रको हालको मेलौली नगरपालिका–८, (साबिकको विशालपुर गाविसका ३, ४, ५ र ६ नम्बर वडा) का पाँच सयभन्दा बढी घरपरिवारले जग्गाको मालपोत डडेल्धुराको भागेश्वर गाउँपालिका–३ को वडा कार्यालयमा बुझाउँदै आएको स्थानीय मौरे विष्टले बताए।

२०३२ सालमा डडेल्धुरा जिल्लाबाट विशालपुर गाविसलगायत तल्लोस्वराड क्षेत्रका १३ गाविस बैतडीमा गाभिँदा विशालपुर गाविसका चारवटा वडाको मालपोतको स्रेस्ता डडेल्धुरामै छुटेका कारण दशकौँदेखि बैतडीबाट डडेल्धुरा गएर मालपोत कर बुझाउनु परेको ठगुन्नाले बताए। गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077