Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा स्थानियद्धारा उम्मेदवार र दलका प्रतिनिधिलाई गाउँ छिर्न रोक, भने - ‘नो रोड नो भोट’

सर्लाही । सर्लाही कौडेना गाउँपालिका-३ का स्थानिय बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाएका हुन ।

गाउँका युवाले हुलाकी राजगार्कमा ढाट राखेर र टायर बालेर प्रदर्शन गरेका छन् । हुलाकी राजमार्ग र गाउँको सडक नबनेको भन्दै आक्रोशित स्थानीय बासिन्दाले ‘नो रोड नो भोट’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका छन् ।

सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका क्षेत्रमा उम्मेदवारहरुलाई गाउँ छिर्न रोक लगाइएको छ ।

स्थानियले नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले गाउँमा राम्रो सडक नबनेकाले विरोध गर्नु परेको बताएका छन् ।

सर्लाही-२ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनावी मैदानमा रहेका नेपाल समाजवादी पार्टीका कार्यकारी अध्यक्ष महिन्द्रराय यादव,

लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतो, नेकपा एमालेका राजनारायण साहसहित १७ जना चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077