Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्कीको उम्मेदवारी कायम राख्ने आदेशविरुद्ध सर्वोच्च जाने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उमेदवारी खारेजीको मागसहित सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

तोसिमाको उमेदवारी तत्काल खारेज नगर्न सर्वोच्चले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै आयोग सर्वोच्च जाने भएको हो ।

लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको इजलासले तोसिमाको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी कायम रहेको छ ।

सो अन्तरिम आदेश खारेजीको माग गर्दै शुक्रबारसम्म सर्वोच्च जाने आयोगको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077