Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस छोड्दिन तर स्वच्छाचारी, नातावाद र गुटबन्दी विरुद्ध संघर्ष गर्छु : सुनिल भण्डारी

कैलाली । नेपाली कांग्रेस का नेता सुनिल भण्डारीले आफू पार्टीबाट अलग नहुने जनाएका छन् ।

आज धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीले टिकट नदिए पनि पार्टीबाट अलग नहुने बताएका हुन् ।

पछिल्लो समय पार्टीभित्र स्वच्छाचारी, नातावाद, हैकमवाद, गुटबन्दी फैलिएकाले त्यसकाविरुद्ध संघर्ष गर्ने उनले उदघोष गरेका छन् ।

आफू गठबन्धनको पक्षधर नभएको तर पार्टी निर्णयका कारणले चुनावी गठबन्धनलाई स्वीकार्न तयार भएको पनि भण्डारीको भनाई थियो ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका भण्डारी कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका थिए तर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले डोटीका बिरबहादुर बलायरलाई टिकट दिएका थिए ।

उनी २०७४ सालको निर्वाचनमा नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टसँग पराजीत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077