Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • नेकपा एमालेद्धारा चुनावी घोषणा पत्र सार्वजनिक

    नेकपा एमालेद्धारा चुनावी घोषणा पत्र सार्वजनिक

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 954
    SHARES

    काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

    मंगलवार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।



    घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।



    घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ । अहिले अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्रको मुख्य–मुख्य अंशबारे ब्याख्या गरिरहेका छन् ।

    घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ ।

    सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार