Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवाले डडेल्धुरामा चार दिन चुनावी सभालाई सम्बोधन गर्दै

डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन्।

देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

डडेल्धुरामा सत्ता गठबन्धनबाट संघमा देउवा र प्रदेश (१) मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077