Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्लाष्टिक कारखानामा आगलागी हुँदा दुईजनाको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको नरेलामा एक प्लाष्टिक कारखानामा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ। आगलागीमा परी एकजना गम्भीर घाइते भएका छन्।

केही मानिस जलेको आशंका गरिएको छ। आगलागीको सूचना पाएलगत्तै ११ वटा दमकल घटनास्थल पुगेका थिए। दमकलहरुले आगो निभाउने प्रयास गरिरहेका छन्।

कारखानाको पहिलो र दोस्रो तल्लामा आगलागी भएको हो। आगलागीमा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

दुईजनाको उद्दार गरिएको छ। गम्भीर अवस्थामा रहेका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ। घाइतेहरुको अवस्था अहिले सामान्य रहेको छ। अझै ८र१० जना भित्र फसेको अनुमान गरिएको छ।

दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भइसकेको छ। आगलागीको कारण भने खुलेको छैन। कारखानामा आगो लागेपछि भागभाग मच्चिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077