Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगको निर्णयविरुद्ध तोसिमाले दिईन् सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएकी कार्कीले आफ्नो उमेद्वारी खारेज भएपछि सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उमेदवारी खारेज गरेको थियो ।

सोमबार समर्थकसहित सर्वोच्च पुगेर आयोगको निर्णय पक्षपात पूर्ण भएको भन्दै उनले रिट दर्ता गरेकी हुन् ।

प्रारम्भीक सुनुवाइका लागि मंगलबारलाई पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077