Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंकले १६ अर्ब ६६ करोडको ट्रेजरी बोलकबोल गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।

मंगलबार अर्थात् कात्तिक १५ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो ।

बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ

भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077