Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुला बालक मृत्यु प्रकरण : भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

दार्चुला । आफ्नै लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ।

शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।

भारतीय सडक निर्माण कम्पनी 'गर्ग एन्ड गर्ग' ले गल्ती स्वीकार गरी पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन तयार भएको छ।

शुक्रबार दार्चुलाको ब्यास गाउँपालिका–२ मा दुम्लिङमा महाकाली नदी पारिको भारतीय क्षेत्रमा सडक निर्माणका क्रममा शुक्रबार विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुंगाले स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा रहेका बेला उक्त घटना भएको थियो। महाकाली किनारमा भारतले सडक विस्तार गर्ने क्रममा नेपाली पक्षलाई जानकारी नदिइकन विस्फोटक पदार्थ प्रयोग गरेको थियो।

भारतीय पक्षले बिनाजानकारी सडक निर्माण गर्ने क्रममा बिस्फोट गराउँदा महराको मृत्यु भएको नेपाली पक्षको आरोप छ। भारतीय निर्माण कम्पनीले मृतक महरा परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने तथा परिवारका एक सदस्यलाई कम्पनीमा रोजगारी दिन सहमत भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077