Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीको चौमाला बजारमा भीषण आगलागी

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-१ स्थित चौमाला बजारमा आगलागी भएको छ।

शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको हो।

मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ ।

गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले बताएको छ ।

प्रहरी र म्यादि प्रहरी समेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य भैरहेको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077