Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • यी हुन् कांग्रेसले गर्ने र नगर्ने प्रतिज्ञा गरेका २० काम (सूचीसहित)

    यी हुन् कांग्रेसले गर्ने र नगर्ने प्रतिज्ञा गरेका २० काम (सूचीसहित)

    अनलाइन नेपाल
  • शनिबार, १२ कार्तिक २०७९
  • 840
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि ५२ पृष्ठको सङ्कल्प प्रस्ताव (घोषणापत्र) सार्वजनिक गरेको छ ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा ‘संविधानको रक्षा स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने नारा दिइएको छ ।



    घोषणा पत्रमा आगामी ५ वर्षमा कांग्रेसले गर्ने र नगर्ने कामहरू सहितको प्रतिज्ञा पनि उल्लेख गरिएको छ । कांग्रेसले गर्ने ११ काम र नगर्ने ९ वटा काम उल्लेख गरेर घोषणापत्र तयार गरेको छ ।



    संघीय संसद र प्रदेश सभाले बनाउन बाँकी रहेको कानून निर्माण र परिमार्जन गरी १ वर्ष भित्रमा संघीय प्रणालीलाई प्रभावकारी बनाउन आवश्यक संस्थागत संरचना बनाई प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने कांग्रेसले प्रतिज्ञा गरेको घोषणा पत्रमा उल्लेख छ ।

    नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलाई १०० दिनभित्रै विस्तार गरी कार्यान्वयन गर्ने, निजी क्षेत्रसँगको परामर्शमा खारेज, सुधार वा नयाँ निर्माण गर्नुपर्ने करीब २ दर्जन ऐनहरूको ‘ओम्निबस आर्थिक प्याकेज’ ६ महिना भित्रमा ल्याउने प्रतिबद्धता कांग्रेसले गरेको छ ।

    हेर्नुहोस् कांग्रेसले गर्ने र नगर्ने प्रतिज्ञा गरेको कामको सूची –

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार