Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको घोषणापत्र : साढे १२ लाखलाई रोजगारी, ७ प्रतिशत आर्थिक वृद्धिदर

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र १२ लाख ५० हजार जनालाई रोजगारी उपलब्ध गराउने प्रतिवद्धता गरेको छ। कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गर्दै पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने जनाएको हो।

घोषणापत्रमा भनिएको छ, ‘प्रत्यक्ष विदेशी लगानीको सहजीकरण गर्न कम्पनी दर्ता, लगानी स्वीकृति आदि स्वचालित प्रक्रियाबाट गर्ने, विश्वसनीय लगानीकर्ताले ’फास्ट ट्रयाक मा रकम भित्र्याउन सक्ने, विदेशी वित्तीय संस्थाबाट ऋण लिने,

गैरआवासीय नेपालीले विदेशी मुद्रामा गरेको बचत र लगानीमा भएको नाफा फिर्ता लैजान पाउने तथा नेपाली उद्योगहरूलाई क्रमशः विदेशमा लगानी गर्न दिने नीति तर्जुमा गरिने छ। यसैगरी विदेशी मुद्रा विनिमय दर जोखिम व्यवस्थापन गर्न हेजिङ्ग सम्बन्धी नियमावली, २०७५ लाई संशोधन गरिने छ।’

न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर पुर्‍याउने कांग्रेसको योजना छ। नेपालमा उच्च सम्भावना एवं आत्मनिर्भर हुँदै गरेका उद्योगहरूको थप व्यावसायीकरण गर्ने कांग्रेसको चुनावी प्रतिवद्धता छ।

घोषणापत्रमा जग्गा प्राप्ति सहज बनाउने, उद्योगको प्रकृति हेरी कर्जामा फरक ब्याज दर तोक्ने, नवीन र गतिशील उद्योगहरूमा लचिलो श्रम नीति र स्वच्छ ऊर्जाको उपयोगमा अनुदान दिने नीति लिने भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077