Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रतिनिधिसभा विघटन नगर्ने कांग्रेसको संकल्प, राज्य सञ्चालनमा एमाले असफल (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रमै संसद विघटन नगर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा कांग्रेसले नेकपा एमाले राज्य सञ्चालन गर्न असफल भएको ठहर गरेको छ ।

४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभाको घोषणापत्र कांग्रेसले शनिबार सार्वजनिक गरेको छ, जसमा दलभित्र वा दलहरुको विवादका कारण प्रतिनिधिसभा विघटन नगर्ने उल्लेख छ ।

के गर्छौं के गर्दैनौं भन्ने प्रतिज्ञामा कांग्रेसले भनेको छ, दलहरुको आन्तरिक विवाद र फरक दलहरको बीचमा उत्पन्न हुनसक्ने द्वन्द्व वा विवादका कारण प्रतिनिधिसभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने छैनौं ।’

घोषणापत्रको विशेषताबारे जानकारी दिँदै मस्यौदा समितिका सदस्य स्वर्णिम वाग्लेले संविधान संशोधन गरेर सबै समुदायलाई अधिकार दिने विषय घोषणापत्रमा उल्लेख रहेको बताए ।

कांग्रेस राज्य सन्चालन गर्ने गम्भीर शक्ति भएकाले सबै विषय समेटेर असाध्यै यथार्थपरक घोषणापत्र ल्याइएको वाग्लेले बताए ।

यस्तो छ कांग्रेसको घोषणापत्र : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077