Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाली कांग्रेसको घोषणापत्र : संविधान रक्षा र समुन्नतिको आधार, कांग्रेसकै नेतृत्वमा अबको सरकार

काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ को चुनावका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रबारे जानकारी दिँदै महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ‘थिम’ निरन्तरतामा नविनता रहेको बताए ।

उनले घोषणापत्र निर्माणमा सबै समुदाय र उमेर समूहको तथा विज्ञहरुको सहभागिता रहेको बताए ।

घोषणापत्रमा कांग्रेसको नारा ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ रहेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077