Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसद्धारा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ जना मनोनीत गरेको छ ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ११ जना सदस्यहरु उक्त समितिमा मनोनीत गरेको हो।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिमा सदस्य मनोनयन गरेका हुन् ।

उक्त समितिमा रामबहादुर श्रेष्ठ, राम थापा, ललित अधिकारी, मनु साह, अशोक रिजाल, सुबोध सिंह, रवीन राई, काशीनाथ चुँडाल, चेतनारायण श्रेष्ठ, डा.अब्दुल अन्सारी र शिवप्रसाद ढकाल मनोनीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077