Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगञ्जमा ट्रकको ठक्करबाट भारतीय वृद्धको मृत्यु

वीरगञ्ज । वीरगञ्ज नाकास्थित नेपाल भारत सीमामा सोमबार ट्रकको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा भारत घर भएका अन्दाजी ६० वर्षीय एक वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला रक्सौल नगर परिषद वडा नम्बर १८ बस्ने विश्वनाथ साह रहेकका छन् ।

सोमबार दिउँसो भारतबाट नुन लिएर आउँदै गरेको ना ३ ख ९५९८ नम्बरको ट्रकले मितेरी पुलमा उनलाई ठक्कर दिएको वडा प्रहरी कार्यालय विर्ताले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077