Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फास्टट्रयाकबाट चोरीको फलाम र गाडीसहित चारजना पक्राउ

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्र्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले बकैया गाउँपालिकाबाट एउटा बोलेरो गाडी र मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार फलामको सामनहरू १२र१३ क्विन्टल बराबरको रहेको छ।

फलामको सामानहरू चोरी गरी ना ५ ख १४४३ नम्बरको जीपमा लिएर जाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

समान बोकेको जीपलाई अगाडि बाटो देखाउँदै हिँड्दै गरेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जीप, मोटरसाइकल नियन्त्रणमा लिएको र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077