Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।

चिसापानीमा कार्यरत ३६ वर्षीय हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो ।

जैसी सवार से १ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस र चालक धनगढी उपमहानगरपालिकाका ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077