Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

मोरङ । मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।

निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा बिहीबार साँझ ५ बजेतिर विकको मृत्यु भएको हो । मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077