Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आयोगलाई उपमेयर डंगोलको पत्र - निर्वाचन केन्द्रित अफबाह फैलाउन मेरो नामको फेक आइडी प्रयोग हुँदैछ

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् ।

आयोगलाई एक पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कारबाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको समन्वय र सहयोगका लागि समेत संवेदनशील रहेको बताएकी हुन् ।

‘४ मंसिरमा हुने निर्वाचनलाई केन्द्र बनाएर अफबाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको छ,’

उनले पत्रमा लेखेकी छन्, ‘यस्तो कार्यप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन आग्रह गर्दछु ।’

आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उनले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताएकी छन् ।

उनले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुन विपरीत कार्य गर्ने-गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन आग्रह पनि गरेकी छन् ।

उनले आफूले प्रयोगमा ल्याएको आधिकारिक सामाजिक सञ्जालहरुको व्यहोरासमेत पत्रमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077