काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन र चाँदीका असर्फी खरिद गर्नेको घुइँचो लागेको छ । तिहारका समयमा विभागले सुन र चाँदीका सिक्का बिक्री गर्दै आएको छ ।
यसपटक चैतदेखि नै सुन र चाँदीका असर्फी बिक्री गर्दै आएपनि अहिले तिहारका बेला चाप बढेको टक्सार विभागले जनाएको छ ।
गत वर्ष परीक्षण उत्पादन मात्र गरेको र पुरानो मौज्दात बिक्री गरेपनि यसपटक व्यावसायिक रुपमा उत्पादन गरिएको असर्फी बिक्री गरिएको हो ।
धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले सुन र चाँदीका सिक्का बिक्री थालिएको विभागले जनाएको छ ।