Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि अतिक्रमित युक्रेनी क्षेत्रमा ‘मार्शल ल’

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अतिक्रमित युक्रेनी चार क्षेत्रमा सैन्य कानुन आजदेखि लागू गरेका छन् ।

पुटिनले युक्रेनको डोनेट्स्क, लुगान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैनिक शासन लागू गरेका हुन् ।

‘अक्टोबर २० देखि दोनेत्स्क र लुहान्स्क रिपब्लिक र जापोरिजा र खेर्सन क्षेत्रमा सैन्य कानुन लागू गर्ने निर्णय भएको म जानकारी गराउँछु,’ पुटिनद्वारा जारी कानुनमा उल्लेख छ ।

सैन्य कानुन जारी भएसँगै लुहान्स्क, दोनेत्स्क, जापोरिजा र खेर्सन प्रान्तमा रुसद्वारा निर्वाचित प्रमुखले तत्कालै आपत्कालीन शक्तिको प्रयोग गर्न पाउने रुसी राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।

त्यस्तै, पुटिनले युक्रेनी सीमामा रहेका क्राइमियासहित आठ प्रान्तमा ‘आर्थिक गतिविधि तीव्र पार्न’ पनि आदेश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077