Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आतंकवाद र संगठित अपराधविरुद्ध एकजुट हुन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद, भ्रष्टाचार, लागुऔषध ओसारपसार, चोरी शिकार र संगठित अपराध जस्ता विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गरेका छन् ।

नयाँ दिल्लीमा आयोजित ९०औँ इन्टरपोल महासभालाई सम्बोधन गर्दै उनले ती विश्वव्यापी खतरासँग लड्न विश्वलाई एकजुट हुन आग्रह गरेका हुन् ।

'यी खतराहरूको परिवर्तनको गति पहिलेभन्दा छिटो छ। जब धम्कीहरू विश्वव्यापी हुन्छन् भने प्रतिक्रिया मात्र स्थानीय हुन सक्दैन ! यी खतराहरूलाई परास्त गर्न विश्व एकजुट हुनुपर्ने बेला आएको छ,' उनले भने ।

प्रधानमन्त्री मोदीले अन्तराष्ट्रिय आतंकवादविरुद्ध भारत दशकौदेखि लडिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077