Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भक्तपुरबाट पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट पेस्तोल देखाएर डँकैती गर्ने २ जना पक्राउलाई गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरको मध्यपुर ठिमि–३ गठ्ठाघरमा पेस्तोल देखाएर डकैती गर्ने उदयपुर उदयपुरगढी–७ का ४१ वर्षीय अम्बरबहादुर मगर र संखुवासभा पाँचखपन नगरपालिका–८ का रविन किशोर राई उर्फ सुवासलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि चोरी तथा डाँका कसूर र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट प्रहरीले मेडइन इटाली लेखेको पेस्तोल १ थान, फलामको रड,लगायतका हतियार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077