Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठेलामा व्यापार गर्ने शर्मिलालाई एक महिनाको तलब दिने धरानका मेयर साम्पाङको घोषणा

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ राईले काठमाडौंको फुटपाथमा ठेलागाडामा व्यापार गर्दै आएकी महिलालाई सहयोग गर्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो एक महिनाको तलब दिने घोषणा पनि गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा ‘यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’

बिहीबार थापाथलीस्थित प्रसुति गृहको गेटमा पानीपुरी बेच्दै आएकी शर्मिला तामाङको ठेला काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खोसेर लगेको थियो ।

नगर प्रहरीले ठेला खोसेर लैजाने क्रममा तामाङको विलौना देखेर शर्मिलालाई सहयोग घोषणा गर्नेहरु थपिँदै गएका छन् । त्यसै क्रममा धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले एक महिनाको तलब दिने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077