Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने, यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

काठमाडौं । सरकारले महंगा विलासी गाडी, मदिरा, १५० सीसीभन्दा माथिका मोटरसाइकल र मोबाइल आयातमा लाग्दै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा ती चार वस्तुको पैठारी रोक्ने निर्णयलाई शुक्रवारको मन्त्रिपरिषद्को बैठकले निरन्तरता दिएको हो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चार प्रकारका वस्तुको पैठारीमा लाग्दै आएको बन्देज मंसिर मसान्तसम्म लम्ब्याइएको जानकारी दिए ।

गाडीको आयात प्रतिबन्ध आजसम्म तोकिएको थियो । राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि सरकारले विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

शुक्रवारको मन्त्रिपरिषद् बैठकले विदेशी लगानीको न्युनतम सीमा २ करोड रुपैयाँ तोकेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय :

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077