काठमाडौं । नेकपा एमालेका नेता डा.भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् ।
निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जिकिर गरेका डा.रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन् ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन् ।
पार्टीले टिकट नदिएपछि अर्का नेता घनश्याम भुसालले भने पार्टी नै परित्याग गरी स्वतन्त्र उम्मेदवार बनिसकेका छन् ।
Leave a Reply