Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

‘प्रहरीको हाकिम हुँ’ भन्दै व्यापारीसँग पैसा माग्ने घिमिरे पक्राउ

विराटनगर । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने एकजना पक्राउ परेका छन्।

विराटनगर– २ का रविन घिमिरेलाई व्यापारीलाई धम्क्याएर रकम मागेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो।

महानगर–१५ स्थित १ नम्बर ढाटमा व्यापारीहरूलाई ‘प्रहरीको हाकिम हुँ’ भनेर पैसा मागेको गुनासो आएपछि घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका घिमिरेलाई इलाका प्रहरी कार्यालय रानीमार्फत जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहारमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077