Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विपद्को वितण्डाः सात दिनमा ४८ को मृत्यु, २७ बेपत्ता

काठमाडौं । मनसुनजन्य विपद्का कारण बितेका सात दिनमा ४८ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार १९ असोजबाट यता मंगलबारसम्म भएका १ सय ३९ वटा प्राकृतिक विपद्का घटनबाट ४८ जनाको ज्यान गएको हो ।

यो अवधिमा जुम्ला र मुगुमा आठ÷आठ जनाको ज्यान गएको छ भने प्युठानमा ६ जनाको ज्यान गएको छ । यसैगरी हुम्ला र कालिकोटमा चार÷चार जना तथा काठमाडौंमा तीन जनाको ज्यान गएको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ ।

यसैगरी, सो अवधिमा मकवानपुर, लमजुङ, डोल्पा, जाजरकोटमा दुई÷दुई जना झापा, सर्लाही, धादिङ, गुल्मी, बाँके, सल्यान र बाजुरामा एक जनाको ज्यान गएको तथ्यांक छ ।

यसैगरी, सो अवधिमा ३२ जना घाइते भएका छन् भने २७ जना बेपत्ता भएका छन् । नेपालमा यस वर्ष १८ जेठबाट मनसुन सुरु भएको थियो भने १४ असोजसम्म मनसुन कायम रहने अनुमान थियो । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077