Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पर्सामा हुकिङ गरी विद्युत् चोर्ने १२ जना पक्राउ

पर्सा । पर्सामा विद्युत्​ हुकिङ्ग गरी चोरी गर्ने १२ जनालाई गएराति प्रहरीसहितको प्राधिकरणको टोलीले रंगेहात पक्राउ गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले ग्रामीण क्षेत्रका विभिन्न स्थानबाट विद्युत् चोरी गर्ने १२ जनालाई पक्राउ गरेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको प्राधिकरणको टोलीले पर्साको भेडिहारी गाउँबाट ३ जना, भिखमपुरबाट ३ जना , तुलसीबर्वाबाट २ जना, लंगडीबाट १ जना, हरिहरपुरबाट १ जना ,

लक्ष्मीपुरबाट १ जना र मसिहानीबाट १ जना गरी १२ जनालाई पक्राउ गरेको नेपाल विद्युत् प्राधिकरण पोखरीया वितरण केन्द्रले जनाएको छ ।  पक्राउ परेकाहरूलाई थप कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077