Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • ओलीलाई रावलको प्रश्न – संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?

    ओलीलाई रावलको प्रश्न – संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को हो ? भनेर अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

    ओलीले एमाले नेता साहलाई ‘केही समय अघिदेखि नै संदिग्ध गतिविधि गरिरहेको’ भन्ने टिप्पणी गरेपछि नेता रावलले मंगलबार ट्वीट गर्दै प्रश्न गरेका हुन् ।



    रावलले ट्वीट गर्दै लेखेका छन्, ‘प्रभु साहको ‘विद्रोह’ बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’



    जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

    साथसाथै, मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार