काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।
केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ४० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड ८० लाख रुपैयाँ लगानी गर्नेछ ।
२०७९ कात्तिक ३ देखि २०८० कात्तिक ४ गतेसम्मका लागि मुद्दती निक्षेपमा राख्न चाहेका बैंकहरुले दिने ब्याजदर र लिन चाहेको रकम उल्लेख गरेर यही २७ गते राष्ट्र बैंकमा पुग्ने गरी आवेदन दिन आह्वान गरिएको छ ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको सूचना