Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

चन्द नेतृत्वको विप्लव नेकपाको नवौं महाधिवेशनको उद्घाटन आज

काठमाडौं । चन्द नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन आज कपिलवस्तुको शिवगढीमा सुरु हुने भएको छ ।

काठमाडौंमा हुने भनिएको महाधिवेशनको मिति र स्थान फेर्दै सो पार्टीले कपिलवस्तुमा महाधिवेशन गर्न लागेको हो ।  सो महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले गर्नेछन्।

मध्याह्न १२ बजे नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा विप्लवले सम्बोधन गर्ने सो महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि पर्यवेक्षक कपिलवस्तु आउने क्रममा जारी रहेको छ। सो महाधिवेशनमा कति प्रतिनिधि रहन्छन् भन्ने खुलाइएको छैन।

पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग्गिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा लागेको चन्द सो पार्टी पनि विभाजन गरी नेकपा गठन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077