Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हुम्लाको चंखेलीमा पहिरोले घर पुरिएर एकैपरिवारका ४ जनाको मृत्यु

हुम्ला। हुम्लामा पहिरोले घर पुर्दा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् ।

जिल्लाको चंखेली गाउँपालिका-६ डयामबाडामा घरमाथिबाट खसेको पहिरोले मानवीर बिकको घर पुरिँदा एकैपरिवारको ४ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् ।

५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077