Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्व आइजीपी सर्वेन्द्रले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजीपी तथा नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका थिए ।

खनाललाई यही असोज ६ एमाले पार्टी कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरेका थिए ।

सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077