अछाम । अछाममा उम्मेदवारी दर्ता गर्न जाँदा आफ्नै कार्यकर्ताले कालो झण्डा देखाएका छन् ।
अछाम–१ का नेकपा एमाले कार्यकर्ताले आफ्नै उम्मेदवार झपट बोहराको उम्मेदवारी दर्ता गर्ने क्रममा कालो झण्डा देखाएर बिरोध गरेका हुन् ।
भीम रावललाई अछाम १ बाट टिकट नदिएपछि आक्रोशित एमालेकै नेता कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए ।
बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो ।
अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए । तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएका छन् ।
Leave a Reply