Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आयरल्याण्डको पेट्रोल पम्पमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

एजेन्सी । आयरल्याण्डको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।

विष्फोटको कारण खुल्न सकेको छैन । आगलागीका कारण सो क्षेत्र वरिपरी रहेका केही भवनमा समेत क्षति पुगेको छ ।

पेट्रोल पम्पमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077