Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको टिकट खोसिएपछि एमाले नेता शाहद्धारा राजीनामा

काठमाडौं । नेकपा एमालेका क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिएका छन् । अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् ।

शाहले भीम रावलको टिकट खोसिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

उनले पत्रमा लेखेका छन्, ‘समन्वय कमिटीको सर्वसम्मत सिफारिस भन्दा अन्य निर्णय भएकाले समन्वय कमिटीको संयोजक पदमा बसीरहन मेरो नैतिकताले नमान्ने भएकाले आजैको मितिबाट क्षेत्रीय समन्वय कमिटीको संयोजक पदबाट राजीनामा दिएको जानकारी साथ अनुरोध छ ।’

एमाले अछाम जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा गत भदौ १९ गते बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले क्षेत्र नम्बर १ मा सर्वसम्मत रुपमा भीम रावललाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेको थियो ।

तर एमालेले रावललाई नभई जिल्ला इन्चार्ज बोहरालाई टिकट दिने निर्णय गरेपछि शाहले नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077