काठमाडौं । नेकपा एमाले र राप्रपाबीच क्षेत्रगत तालमेलका विषयमा भएको छलफल फेरि बस्नेगरी सकिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका राप्रपा नेताहरुले सिटसंख्या र स्थानसमेत टुंगो लगाउने गरी छलफल गरेका हुन् ।
असोज २३ गते मनोनयन दर्ता गराउनुपर्ने दबाबका बीच एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफल सकारात्मक रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
भोलि बिहान १० बजेभन्दा अगावै सिट सूची सार्वजनिक हुने राप्रपाका नेताहरुले दाबी गरेका छन् । ओलीलाई भेट्न लिङ्देनसहित प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे र महामन्त्री राजेन्द्र गुरुङ बालकोट पुगेका थिए ।