Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवारको नाम, प्रदेशसभामा तीन सय ३० उम्मेदवार छनोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा १ सय ६५ र प्रदेश सभामा तीन सय ३० उम्मेदवार केन्द्रले छनोट गरेको हो ।

विभिन्न राजनीतिक दलबाट तालमेलका लागि प्रस्ताव आइरहेकाले जिल्लाको वस्तुस्थितिका आधारमा जुनसुकै राजनीतिक दलसँग पनि तालमेल गर्न पार्टीले जिल्ला समितिलाई सुझाव दिएको छ ।

समान विचार भएका केही दल तथा समूहसँग एकताका लागि पार्टीले आग्रह गरेकाले पनि परिवर्तित अवस्थामा केही पार्टीसँग तालमेल हुनसक्ने छ। त्यसरी तालमेल भए केही निर्वाचन क्षेत्रका नाम परिवर्तन हुनसक्ने राप्रपाले जनाएको छ ।

राप्रपा र नेकपा (एमाले) को शीर्ष नेतृत्वबीच तालमेलका लागि छलफल भइरहेकाले के कति सिट संख्यामा समझदारी कायम हुन्छ, त्यसका आधारमा सम्बन्धित जिल्ला कार्य समितिले केही उम्मेदवारका नाम परिवर्तन गर्नेछ।

दुवै पार्टीका अध्यक्षबीच शुक्रबार भेट गरी तालमेलमा सिटको टुंगो लगाउने कार्यतालिका छ। जिल्ला निर्वाचन कार्यालयमा यही असोज २३ गते जिल्ला कार्य समितिले केन्द्रसँग समन्वय गरी उम्मेदवारको नाम दर्ता गराउने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077