Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले पुरेर निधन हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् ।

अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यान केन्द्र पुरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077