Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राँगो पछ्याउँदै जाँदा नदीमा बगेर एक जना बेपत्ता

दार्चुला । दार्चुलामा नदीमा बगेर एक जना बेपत्ता भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ थलाका अन्दाजी ४० वर्षीय बहादुर सिंह बोहरा चमेलिया नदीमा बगेर बेपत्ता भएका हुन् ।

मन्दिरमा बलीका लागि तयार पारिएको राँगो अचानक भागेर चमेलिया नदीमा पसेको थियो । त्यसपछि उनी त्यही राँगोलाई पछ्याउँदै चमेलिया नदीमा पसेका थिए ।

नदीमा पसेका उनलाई नदीले बगाएर बेपत्ता भएको इलाका प्रहरी गोकुलेश्वरले जनाएको छ ।

बोहराले पछ्याइरहेको राँगोलाई चमेलियाले बगाए पनि राँगो भने फेला पारिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता पुरुषको भने खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077